काठमाडौं - भारतको नेशनल अवार्ड विजेता वामन भोंसलेको निधन भएको छ । ८९ वर्षीय भोंसलेको मुम्बईमा निधन भएको हो ।
फिल्मनिर्देशक सुभाष घईले भोंसलेको मृत्यु भएको पुष्टि गरेका छन् । उनले धेरै बलिउड फिल्मका सम्पादन पनि गरिसकेका छन् ।
भोंसलेलाई सन् १९७८ मा विनोद खन्ना र विद्या सिन्हा अभिनित फिल्म ुइनकारु बाट उत्कृष्ट सम्पादकको नेशनल अवार्ड जितेका थिए। साथै उनले सन् १९९२ मा रिलिज भएको सुभाष घई निर्देशित 'सौदागर' बाट पनि फिल्मफेयर अवार्ड जितेका थिए ।
१९५२ मा मुम्बई आएका उनले फिल्मिस्तान स्टुडियोमा १२ वर्षसम्म सहायक सम्पादकको रुपमा काम गरेका थिए ।
प्रतिक्रिया