इन्डियन प्रिमियर लिग (आईपिएल) कोलकाता नाइट राइडर्सले जित हासील गरेको छ । सोमबार राती भएको खेलमा कोलकाता ञ्जाव किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दुई अंक हासिल गरेको हो ।
अंक तालिकाको पुछारमा रहेको कोलकाताले ६ म्याचमा दुई जित र चार पराजयका साथ अंकतालिकामा पाँचौं स्थान कब्जा गरेको छ ।
कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४७ रन बनाए । यस्तै राहुल त्रिपाठीले ४१, आन्द्रे रसेलले १० र दिनेश कार्तिकले १२ रन बनाए । पञ्जावका लागि मोइसिस हेनरिक, मोहम्मद शामी, अर्षदीप सिंह र दीपक होडाले एक एक विकेट लिए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई १२३ रनमा रोकेको थियो । पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।
यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए । यस्तै शिवम माभी र वरुण चक्रवर्तीले एक एक विकेट हात पारे । पराजयसँगै पञ्जाव भने अंक तालिकाको छैटौं स्थानमा झरेको छ । पञ्जावले ६ खेलमध्ये दुईवटामा जित र चारवटामा पराजय व्यहोरेको छ ।
यस्तै आईपिएल अन्तरगर्त आज हुने खेलमा दिल्ली क्यापिटल्स र रोयल चैलेंजर्स बैंगलोर भिड्दैछन् । खेल नेपाली समय अनुसार साझ ७ः४५मा सुरु हुनेछ ।
प्रतिक्रिया