इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर एक रनले विजयी भएको छ । बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको हो ।
१७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित ओभरमा चार विकेटको क्षतिमा मात्रै १७० रन बनाउन सक्यो । उसका लागि कप्तान ऋषभ पन्तले ४८ बलमा नटआउट ५८, शिमरोन हेट्मायरले २५ बलमा नटआउट ५३, मार्कस स्टोइनिसले १७ बलमा २२ तथा पृथ्वी शले १८ बलमा २१ रन बनाए ।
अहम्दावादमा पहिले ब्याटिङ्ग गरेको विराट कोहली कप्तानीको बैंग्लोरले पाँच विकेटको क्षतिमा १७१ रन बनाएको थियो । उसका लागि एबी डी भिल्लियर्सले ४२ बलमा नटआउट ७५, रजत पाटिदारले २२ बलमा ३१ तथा ग्लेन म्याक्सवेलले २० बलमा २५ रन बनाए ।
६ मध्ये पाँच खेलमा जित हाँसिल गरेको बैंग्लोर १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । ८ अंकसहित दिल्ली तेस्रो स्थानमा छ ।
यस्तै आईपीएल अन्तरगर्त आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । खेल नेपाली समय अनुसार साझँ ७ः४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया