पत्रकारले आफुले काम गर्ने मिडिया हाउसको परिचयपत्र लिएर आबतजाबत गर्न पाउने !

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा कार्यरत पत्रकारले मिडिया हाउसको परिचयपत्रका आधारमा समाचार संकलन तथा आबतजाबत गर्न पाउने भएका छन् ।उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहिबार बाट हुने निषेधाज्ञामा उपत्यकामा कार्यरत पत्रकारलाई आफुले काम गर्ने मिडिया हाउसको परिचयपत्र लिएर समाचार संकलन गर्न पाउने व्यवस्था मिलाइएको हो । 

बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारहरूलाई आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यसअघि सूचना विभागद्वारा जारी गरिएको प्रेस पास अनिवार्य भनिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया