दूरसञ्चारका ८ कर्मचारीमा कोरोना, प्राधिरकणको सेवा अब अनलाइनबाट

बुधबार, १५ बैशाख २०७८, १३ : ३२

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत ८ जना कर्मचारीमा कोरोना देखिएसँगै प्राधिरकणले अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आजदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध गराउने भएको हो ।

मंगलबार सूचना जारी गर्दै प्राधिरकणले अर्को सूचना जारी नहुँदासम्म सम्पूर्ण सेवा अनलाइनबाटै उपलब्ध हुने जनाएको छ ।

यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने सूचनामा उल्लेख  गरिएको छ ।

सेवाप्रदायकको हकमा प्राधिकरणबाट हुने सहजीकरणका काम नियमित रुपमा यथावत हुने प्राधिकरणले जनाएको छ । त्यसका लागि सेवाप्रदायकले ईमेलमार्फत पत्राचार गर्नुपर्ने जनाइएको छ ।

बुधबार, १५ बैशाख २०७८, १३ : ३२

प्रतिक्रिया