काठमाडौं - किर्तिपुरमा नयाँ हल संचालनमा आउन लागेको छ । नेपाली चलचित्रका सफल वितरक तथा हल संचालक नरेन्द्र महर्जनले हलको निर्माण गरेका हुन् । हलको निमार्ण कार्य अहिले धमाधम भइहेको छ ।
करिब ९० प्रतिशत भन्दा बढी काम सकिएको बताइएको छ । पहिलो चरणको लकडाउन सकिएसँगै यो हलको निर्माण सुरु भएको थियो । किर्तिपुरमा पहिले रहेको हललाई नै पूनःनिर्माण गरेर अत्याधुनिक तरिकाले संचालनमा ल्याउन लागेको बताइएको छ ।
२८० सिट क्षमताको हल वैखाशबाट नै संचालनमा ल्याउने तयारी भएतापनि कोरोनाको दोश्रो लहरका कारण केही पछि सरेको बताइएको छ । २ करोड भन्दा बढी लगानीमा हल संचालन गर्न लागिएको हो ।
कोरोना कहर सकिएपछि दोश्रो पर्दाको निर्माण पनि अगाडि बढाइएन बताइएको छ । कोरोनाका कारण देशभरका केही सिंगल हलहरु बन्द भएपनि केही हलहरु भने निर्माण हुने क्रममा छन् ।
प्रतिक्रिया