आईपिएलबाट बाहिरिए अम्पायरद्वय नितिन र राफेल !

विहीबार, १६ बैशाख २०७८, १५ : २९

भारतामा यतिखेर  इन्डियन प्रिमियर लिग (आईपिएल)को १४ औँ संस्करण जारी रहेको छ । ६० बटा खेल मध्ये आईपिएलका २३ बटा खेल समाप्त भइसकेका छन्। 

यस्तैमा भारतीय मुख्य अम्पायर नितिन मेनन र अष्ट्रेलियन अम्पायर पउल राफेलले आईपिएल छाडेका छन् । व्यक्तिगत कारण देखाउँदै उनीहरुले आईपिएल छोडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
वर्तमान समयका भारतीय प्रमुख अम्पायर नितिन मेननले आफ्नो श्रीमती र आमा कोरोना संक्रमण देखिएपछि प्रतियोगिता छाडेर फर्किन लागेको बताएका छन् भने कोरोना संक्रमण तिब्र रुपमा बढ्दा अष्ट्रेलिया सरकारले यात्रामा प्रतिबन्ध लगाए संगै अम्पायर राफेलले पनि प्रतियोगिता  छाडेको  सञ्चार माध्यमले  उल्लेख गरेका छन्।

यसअघि तीन अस्ट्रेलियन खेलाडीहरुले आफ्नो नाम फिर्ता लिएर अस्ट्रेलिया फर्किएका छन् भने केही खेलाडीहरुले बायो बबलमा सुरक्षित रहेको अनुभव बाँडिरहेका छन् ।

विहीबार, १६ बैशाख २०७८, १५ : २९

प्रतिक्रिया