अभिनेता रणधीर कपुर आइसीयूमा  !

२ बर्ष अगाडि

बलिउड अभिनेता रणधीर कपुर अस्पतालमा भर्ना भएका छन् ।  रणधीर लाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना  भएका हुन् । 

भारतीय सञ्चार माध्यमले अन्य परीक्षणका लागि उनलाई आइसीयूमा सारिएको जानकारी दिएको छ । अभिनेता यतिबेला मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

शुक्रबार रणधीर कपुरले ई टाइम्सलाई दिएको अन्तर्वार्तामा भने, ‘मलाई कोकिलाबेन अस्पतालको आइसीयू वार्डमा सिफ्ट गरिएको छ जहाँ मेरो परीक्षण गरिनेछ । 

अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ र यसका लागि म टिना अम्बानीलाई धन्यवाद दिन चाहन्छु । सबैकुरा नियन्त्रणमा छ । यहाँ मेरो निकै राम्रोसँग हेरविचार गरिँदै छ । म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु ।’

२ बर्ष अगाडि

प्रतिक्रिया