यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन !

३ बर्ष अगाडि

स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ । नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेंज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ । रियलमी सँधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका सर्वश्रेष्ठ उत्पादनहरु उपलब्ध गराउने विषयमा सचेत देखिन्छ । 

‘उन्नतिदेखि चुनौतीसम्म’को मूल एजेण्डा सहित मोबाइल फोनको क्षेत्रमा बलियो उपस्थिति देखाइरहेको रियलमी केवल उत्कृष्ट स्पेसिफिकेसनमा मात्र सीमित नभई आफ्ना प्रयोगकर्ताका लागि निर्बाध रूपमा मोबाइलको कार्यगत क्षमतामा व्यापक ध्यान दिँदै आएको छ । नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ भने तपाईँका लागि रियमलीका यी स्मार्टफोन उत्तम हुनसक्छन् ः

रियलमी, सातौ सिरिज (रियलमी सेभेन-सेभेन आई)

रियलमी सेभेन र सेभेन आई दुबै स्मार्टफोनलाई बजारमा एकदमै रुचाइएका छन् । बेस्ट सेलरका रुपमा यसका हजारौँ मोबाइल सेट विक्री भएका छन्, प्रयोगकर्ताले प्रशंसनीय फिड व्याक पनि दिएका छन् । मोबाइल फोनमा उपलब्ध तीव्र स्फूर्तदायी फिचर सबैभन्दा रुचाइएको छ, यो प्रयोगकर्ताले हरेक पटक मोबाइल खोल्दा अनुभव गर्ने गरेका छन् । 
रियलमीका यी फोन ८ जीबी ¥याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ । यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिन्छ, हेलियो ( helio )  जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथ मूल्य सिरिजको फोन विक्री हुनेमा सातौँ बेस्ट सेलर फोन हो । 

क्यामेरा अर्को पक्ष हो जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्छ । यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकासको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिथमद्वारा सञ्चालित छ । 

रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ, दुबै फोन सम्बन्धित श्रेणीका लागि राम्रो छनोट हुन् । 

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५)
सी सिरिजको उत्पादनदेखि रियमीले सँधैँ प्रवेश स्तरको स्मार्टफोन सेग्मेन्टमा अतिरिक्त फिचर थप्दै आएको छ । नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो ९ज्भष्यि० जी ३५ चिसपेटद्वारा सञ्चालित छन् । अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन् । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एम एच्को ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एम एच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् । सबैलाई जानकारी भएकै कुरा हो कि यी कुनै पनि सिरिजका फोन प्रयोगका क्रममा ब्याट्रीबारे गुनासो गर्नुपर्ने जरुरत तपाइलाई पर्नेछैन । 

उत्कृष्ट क्यामेराको खोजी गर्नेका लागि यी फोन सर्वश्रेष्ठ हुन सक्छन् । सी ११ मा एआई डुवल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअफसहितको त्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चारवटा एआई क्यामेरा राखिएको छ । यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउँछन् ।

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् । रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरकासाथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् । 

२ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० मा, ३ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० र ४ जीबी ¥याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० मा उपलब्ध छन् । 

कम्पनीको बारेमा 
रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ । 

कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु¥याउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ७० करोड नाघेका छन् । कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया