जंगलभरी मान्छे हुँदा सल्कियो डढेलो, ९ को गयो ज्यान

६ बर्ष अगाडि

शनिवार तमिल नाडुको कुरान्गानी पहाडमा भएको आगलागीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । यसलाई थेनी जिल्लाका कलेक्टर एम पल्लवी बलदेवले सोमबार पुष्टि गरे ।
बचाव समूहले कम्तिमा ३६ जना मानिसहरु आगलागिको समय बनमा रहेको बताएका छन् । ती मध्य २४ जना चेन्नाईका थिए भने १२ जना तिरुप्पुरका थिए । तिनमा २६ महिला र ३ बालबालिका रहेको विपद व्यवस्थापन र न्युनिकरणका प्रमुख डा.के सत्यागोपालले बताए ।
प्रसाशनले मृतकहरुको नाम दिएको छ जुन यस प्रकार रहेको छ ःसुभा, हेमलता, पुनिथ, अकिला, अरुण, विपिन, दिव्या ,विवेक र तमिलसेल्भन ।
वन अधिकारीहरुले बनमा फसेकाहरु आगलागी शुरु भएपछि एक सुकेको खोलामा बसेको तर त्यहाँको सुकेको घाँसले छिट्टै आगो टिपेपछि सो हताहती भएको बताए । जिल्ला कलेक्टरले तीमध्य केही खाल्टोमा परेको बताए ।
भारतीय हवाई सेनाको नेतृत्वमा भएको वृहद बचाउ अभियानमा २१ जनालाई उद्धार गरिएको थियो । राज्यका स्वास्थ सचिब जे राधाकृष्णनन्ले गम्भिर अवस्थामा रहेका १४ जनालाई थप उपचारको लागि राज्यका तीन अलग अलग हस्पिटल भर्ना गरिएको जानकारी दिए ।
“ती सबैको अवस्था गम्भिर रहेको छ तर तीनलाई विज्ञहरुले उपचार गरिरहेका छन् ।”उनले भने ।
चेन्नाई र ट्रिचीका प्रतिष्ठित प्लाष्टिक सर्जन र आकष्मिक व्यवस्थानका विज्ञ डाक्टरहरुलाई घाइते पदयात्रीको उपचार भइरहेको अस्पतालमा लगिएको स्वास्थ सचिवले भने ।
जततउकस्ररतष्mभकयाष्लमष्ब।ष्लमष्बतष्mभक।अयmरअष्तथरअजभललबष्रतल(ायचभकत(ाष्चभ(अबिष्mक(ष्खिभक(या(लष्लभ(तचभपपभचकरबचतष्अभिकजयधरटघद्दटद्धज्ञघद्ध।अmक
पब दबतब कगचग जयय मबष्
 

६ बर्ष अगाडि

प्रतिक्रिया