नागरिक एप ल्यायो अनलाइनबाटै लालपूर्जा, जग्गाको कित्ता र  राजश्व तिर्ने सुविधा

३ बर्ष अगाडि

काठमाडौं - नागरिक एपले अब अनलाइनबाटै आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता हेर्न सकिने सुविधा ल्याएको छ । आज नागरिक एपको औपचारिक सुरुवातका क्रममा यसको घोषणा गरिएको छ ।

यस्तै ,नागरिक एपबाट जग्गा धनीले आफ्नो लालपूर्जा र जग्गाको कित्ता हेर्नुका साथै प्रिन्ट गर्न समेत गर्ने सक्नेछन् । यसका साथै जग्गाको राजश्व तिर्ने सुविधा समेत नागरिक एपमै उपलब्ध हुने जनाइएको छ ।

मालपोत, नापी र राजस्व कार्यालयको सेवा नागरिक एपमा जोड्ने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । अबको केही दिनमा यो सुविधा नागरिक एपमा पाउन सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया