३० मिनेटकै अष्ट्रेलियाबाट तुरुन्तै निशुल्क रकम पठाउन सकिने

२ बर्ष अगाडि

काठमाडौं-सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाले अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पुर्‍याउने योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाको वेबसाइटबाट पठाउन सकिन्छ ।

हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनी ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिट्यान्स ब्राण्ड बन्दै गएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया