२४ सै घण्टा फुड डेलिभरी सर्भिस सञ्चालनमा, उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोको सेवा

आइतबार, १९ बैशाख २०७८, १८ : ४५

काठमाडौं- उपत्यकामा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ ।

उपत्यकाका जुनसुकै स्थानमा लाटोकोशेरोले सेवा दिनेछ । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उद्देश्य रहेको छ । 

लाटोकोशेरो डटकमले www.laatokoshero.com आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ । लाटो कोशेरो डटकममा खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोसेरोले उपत्यकाको जुनसुकै ठाउँमा डेलिभरी साथै हरेक फुड र बेकरी आइटममा फ्रन्टलाइन वर्कसहरु जस्तै स्वास्थ चिकित्सक, नर्स, हेल्थ वर्कस, प्रहरी, ट्राफिक प्रहरी, फार्मेसिस्ट, अस्पतालका कर्मचारी साथै कोभिडको यो समयमा निरन्तर खटिरहेका सम्पूर्णलाई, १० प्रतिशत छुट दिने ब्यवस्था रहेको यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन् ।

आइतबार, १९ बैशाख २०७८, १८ : ४५

प्रतिक्रिया