आईपीएल : सानदार जित सँगै दिल्ली क्यापिटलस् उक्लियो शीर्ष स्थानमा, आज कोलकत्ता र रोयल च्यालेन्जर्स भिड्दै

सोमबार, २० बैशाख २०७८, ०७ : ४१

एजेन्सी - आईपीएल टी-20 क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटलस् उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहँदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् ।

जितसँगै दिल्लीले ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । ८ खेलमा ६ अङ्क जोडेको पन्जाब छैटौँ स्थानमा छ ।

त्यस्तै अज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्ग्लोर बिच प्रतिस्पर्धा  हुँदै छ । खेल नेपाली समय ७ ४५ बाट सुरु हुँदै छ । 

सोमबार, २० बैशाख २०७८, ०७ : ४१

प्रतिक्रिया