निषेधाज्ञा : कर तिर्न कार्यालय जानु नपर्ने

बैशाख २०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं -आन्तरिक राजस्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले घरबाट कर तिर्न सक्ने जनाएको छ ।विभागले विभिन्न एपहरूको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

विभागले प्रविधिसँग जानकार नभएका व्यक्तिले लकडाउनका कारण समयमा कर नतिर्दा दण्डित हुनुनपर्ने व्यवस्था मिलाएको पनि जनाएको छ । विभागले कर तिर्न बढी भन्दा बढी प्रविधिको प्रयोग गर्न सबै करदातालाई अपिल गरेको छ । एनसिएचएल प्रणलीको माध्याबाट एक पटकमा १० लाख रूपैयाँसम्म कर तिर्न सकिने समेत उल्लेख गरिएको छ ।

विभागले ९० देखि ९५ प्रतिशत काम अनलाइनबाटै हुने जानकारी दिँदै विवरण बुझाउने, कर तिर्ने, २० लाख रूपैयाँसम्मको कारोबार गर्नेले कर चुक्ताको प्रमाणपत्र पनि अनलाइनबाटै पाउने जनाएको छ । 

हाल मुलुकभर ५६ वटा जिल्लामा आन्तरिक राजस्व विभागको कार्यालय छन् । अधिकांश ठाउँका कार्यलयमा बैंक काउण्टरसमेत छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८