आईपीएलका बाँकी सबै खेल मुम्बईमा  !

बैशाख २१, २०७८ | आजको अर्थ
ajaako_artha

इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी सबै प्रतिस्पर्धाहरू मुम्बईमा आयोजना गर्ने तयारी गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नजिकको स्रोतका अनुसार अहिले यसका लागि आवश्यक तयारी हुँदैछ । सोमबार कोलकाता नाइट राईडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखिएपछि आईपिएलमा हंगामा मच्चिएको थियो । त्यसयता, कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको म्याच स्थगित भएको थियो । 

बीसीसीआईका अधिकारीहरुका अनुसार यसै साताको अन्त्यदेखि नै आईपिएलका खेल मुम्बईमा सुरु हुनसक्छन् । अर्थात्, कोलकाता र बैंगलोरमा खेल हुनेछैन । त्यस्तै प्लेअफसहित फाइनल प्रतिस्पर्धा यसअघि तय भएको स्थल अहमदावादमा हुनेछैन । यी सबै खेल मुम्बईमै हुनेछन् । यद्यपी, यसबारे अन्तिम फैसला आउनै बाँकी छ । 

बीसीसीआईको यस योजनाअन्तर्गत ८ या  ९ मेईदेखि आईपिएलका सबै प्रतिस्पर्धा मुम्बईका तीन रंगशालामा आयोजना हुनसक्छन् । वानखेडे, ब्रेबन र डिवाई पटिल रंगशालमा खेल हुनेछन् । वानखेडेमा यसअघि नै सिजनमा १० वटा म्याच आयोजना भइसकेका छन् ।  

मुम्बईमा खेल आयोजना हुने भएसँगै आईपिएलको खेल तालिका पनि हेरफेर हुनसक्छ । फाइनल खेल ३० मेईको साटो जूनको पहिलो साता आयोजना हुनसक्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८