कतारको जेलमा रहेका १४ नेपालीलाई आममाफी, स्वदेश फर्काउन आवश्यक समन्वय शुरु

२ बर्ष अगाडि

काठमाडौं - कतारले विभिन्न अपराधमा जेल सजाय भोगिरहेका १४ नेपाली कामदारलाई आममाफी दिएको छ । 

कतारको राजधानी दोहास्थित नेपाली दूतावासका अनुसार रमदान वर्षको अवसरमा कतारको केन्द्रीय कारागार र अन्य विभिन्न कारागारमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । 

दूतावासले कोरोना भाइरसको बढ्दो सङ्क्रमणको जटिलताका कारण जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि कतार सरकार समक्ष अनुरोध गर्दै आएको बताएको छ ।

आममाफी पाएका नेपालीहरूलाई घर फर्काउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण शुरु गरेको दूतावासको भनाइ छ ।

स्वदेश फर्काउनु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण, हवाई टिकट लगायतका प्रवन्ध गर्नु पर्दछ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया