आईसीसीको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल मनोनयन, आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिने

२ बर्ष अगाडि

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को उत्कृष्ट खेलाडीमा नेपालका कुशल भुर्तेलको नाम मनोनयन भएको छ । आईसीसीले अप्रिल महिनाका लागि ‘आईसीसी प्लेयर अफ द मन्थ’ मा भुर्तेलको नाम मनोनयन गरेको हो । 

मनोनयनमा कुशलसँगै पाकिस्तानका बाबर अजाम र फखर जमान परेका छन् । कुशलले भर्खरै सम्पन्न त्रिदेशीय टी–२०आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सरिज जिताउन महत्वपूर्ण योगदान गरेका थिए । 

आईसीसीले सोही प्रदर्शनको आधारमा उनलाई ‘प्लेयर अफ द मन्थ’मा मनोनयन गरिएको जनाएको छ । कुशलले डेब्यू खेलदेखि लगातार तीन अर्धशतक प्रहार गरेका थिए । उनले डेब्यू खेलदेखि टी–२०आईमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेर इतिहास रचेका थिए । 

कुशलले नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा २७८ रन प्रहार गरेका थिए । मनोनयनमा परेका कुशललाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया