विवादित  मेयर ममताप्रसादमाथि गोली प्रहार

६ बर्ष अगाडि

काठमाडौं– कैलालीको  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबारसाँझ अज्ञात समूहले गोली प्रहार भएको छ ।
मोटरसाइकलमा आएका अज्ञात समूहले गोलीका साथै टाउकोमा खुकुरी समेत प्रहार गरेको जनाइएको छ । 
घोडाघोडी नगरपालिका–१ सुखडस्थित आफ्नै घरमा रहेको बेला उनस्माथि  गोलीका साथै खुकुरी प्रहार भएको  प्रहरीले जनाएको छ । 
घाइते चौधरीको  स्थानीय घोडीघोडी अस्पतालमा उपचार भइरहेको बताइएको छ । 
कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेले  घटनाको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेको बताए । 
सोहि नगरपालिकामा केहि दिनपहिले राधा चौधरीमाथि बोक्सी भन्दै अमानविक कुटपिट भएको प्रकरणमा उनले मिलापत्र गराउन भूमिका खेलेको भन्दै विवादमा तानिएका थिए ।  घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया