कुखुराको मासुको मूल्यमा मनपरी भाउ, प्रतिकेजी कति ?

२ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्यमा समानता नभएको पाइएको छ । उपत्यकाका खुद्रा मासु पसलहरुले मनपरी मूल्य लिने गरेको पाइएको हो ।

निषेधाज्ञामा सरकारी अनुगमन नहुँदाको मौका छोपेर खुद्रा मासु पसलहरुले होलसेललमा भन्दा एक किलो मासुमा झण्डै ७५ रुपैयाँसम्म बढी मूल्य लिने गरेको उपभोक्ताहरुको गुनासो छ।

काठमाडौं उपत्यकाका खुद्रा पसलहरुले कुखुराको तयारी मासु प्रतिकेजी चार सय रुपैयाँदेखि चार सय २५ रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । 

यता राष्ट्रिय कुखुरा बिक्री व्यवबसायी संघले भने तयारी ब्रोईलर मासुको अधिकतम् बिक्री मूल्य ३५० रुपैयाँ तोकेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारबाट लागू हुनेगरी जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी २५० रुपैयाँ तथा उपभोक्ता तयारी मासुको मूल्य ३५० रुपैयाँ तोकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया