नौ महिनामा ६४ प्रतिशतले बढ्यो चिया निर्यात

२ बर्ष अगाडि

काठमाडौं, चालू आर्थिक वर्षको नौ महिनामा चिया निर्यात ६४ प्रतिशतले बढेको छ । 

चालू आवको नौ महिनामा ३ अर्ब ६ करोड ८९ लाख ३५ हजार रुपैयाँ बराबरको ९७ लाख १४ हजार ७ सय २३ किलो चिया  अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो ।

अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७५ करोड ११ लाख १६ हजार रुपैयाँको चिया निर्यात भएको थियो । 

आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार ८५ मेटन चिया निर्यात भएकोमा चालु आ.व. को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैयाँ बराबरको ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।

बोर्डका अनुसार आ.व. २०७५/०७६ मा २५,२०५ मेट्रिक टन चिया उत्पादन हुँदा २०७६÷०७७ मा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया