ब्लू ओरिजिन सर्वसाधारणलाई अन्तरिक्षमा पुर्‍याउन तयार  !

२ बर्ष अगाडि

एमजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्‍याउन तयार रहेको बताएका छन्।

उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने  बिबिसीले जनाएको छ।सो उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।

टेक्ससबाट उड्ने रकेट १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १०० किलोमिटर माथि पुगेर फर्किनेछ। कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ।

इलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने यात्रा घोषणा गर्ने अपेक्षा गरेको छ। स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया