वीर अस्पतालले माग्यो १०३ कर्मचारी, दरखास्त कहिले सम्म ?

२ बर्ष अगाडि

काठमाडौं - वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ ।

देशमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा जटिल लक्षण सहित सङ्क्रमितको चाप बढेको भन्दै अस्पतालले त्यस्ता सङ्क्रमितको उपचार र हेरचाहका लागि ६ महिनाका लागि पदपूर्ति गरिने जनाएको हो ।

नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट  र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमडि उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने र स्टार्फ नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गा विषयमा प्रमाणपत्र उत्तीर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ । आईसीयू र एचडियूमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने जनाइएको छ ।

इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्ने निमित्त निर्देशक सापकोटाको भनाई छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया