अनिश्चितकालका लागि आईपीएल स्थिगित भएपछि खेलाडीलाई घर फर्कन सास्ती

२ बर्ष अगाडि

एजेन्सी - इन्डियन प्रिमियर लिग ९आईपीएल० अनिश्चितकालका लागि स्थिगित भएको छ । खेलाडी र टिम अफिसियलमा कोरोना संक्रमण देखिएपछि प्रतियोगिता गएको मंगलबारबाट आईपीएल स्थगित भएको हो ।

साथै यसकोे मारमा अष्ट्रेलियन खेलाडी परेका छन् । अष्ट्रेलियाले मे १५ सम्म सबै बोर्डर र हवाई उडान बन्द गरेको छ । खेलाडीहरु घर कसरी फकने भन्ने चिन्तामा छन् ।

यस्तो अवस्थामा अष्ट्रेलियन खेलाडीले केही दिन श्रीलंका वा माल्दिभ्समा समय बिताउने योजना बनाएका छन् । यदि, अष्ट्रेलिया सरकारले ३८ खेलाडीहरुलाई घर फर्कन अनुमति दिएको खण्डमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन्डिया (बीसीसीआई)ले चार्टर फ्लाइटको व्यवस्था गर्ने जनाएको छ ।

अब भने अष्ट्रेलियन खेलाडीले घर फर्कनभन्दा पहिले केही दिन क्वारेन्टिनमा बस्ने योजना बनाएका छन् । खेलाडीले भने माल्दिभ्स र श्रीलंकालाई आफ्नो क्वारेन्टिन स्थलका रुपमा रोजेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया