भोलिदेखि भौतिक रुपमा श्रम स्वीकृति दिन बन्द, अब अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिइने

२ बर्ष अगाडि

काठमाडौं, वैदेशिक रोजगार विभागले कोरोनाको जोखिम नियन्त्रणको लागि सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि भौतिक रुपमा उपस्थित भएर दिइने सेवा बैशाख २४ देखि बन्द गर्न निर्देशन दिएको छ । 

अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । 

विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । 
 
अनलाइन सेवाबारे थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिनेछ ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया