सुनसरीको दुहबी–९ स्थित जय बाबा इटा उघोगमा म्यानेजर पदमा कार्यरत ५४ बर्षिय फिदा हुसेनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । उनलार्इ मर्निङ वाक गर्ने क्रममा बुधबार बिहान ६ बजे मोटरसाइकलमा आएका २ जना अज्ञात ब्याक्तिले गोलि प्रहार गरेका थिए । गोलि लागेर गम्भिर हुसेनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
हुसेनमाथी गोलि किन र कस्ले चलाएको हो सो बिषयमा अनुशन्धान भइरहेको प्रहरी भनाइ रहेको छ । घटनास्थल दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
प्रतिक्रिया