अब अस्ट्रेलियाबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन सकिने

२ बर्ष अगाडि

काठमाडौं, ईसेवा मनी ट्रान्स्फर र अस्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्नो बैंक अकाउण्टमा तथा ईसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिटमार्फत पठाएको रकम ईसेवा मनी ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ ।

सम्झौतापछि पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले भने, ‘अस्ट्रेलियामा रहेका नेपालीले सुरक्षित, सरल र वैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक ईसेवासँग सहकार्य गरेका छौं । यसबाट विभिन्न गैरकानूनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्र्याउँदा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने आशा राखेको छु ।’

२ बर्ष अगाडि

प्रतिक्रिया