चार्टर्ड उडान : वैदेशिक रोजगारीमा जाने कामदारलाई २२ हजारको जहाज टिकट ९० हजार, हवाई उडान सुचारु गर्न माग

२ बर्ष अगाडि

काठमाडौं - विपन्न अवस्थामा रहेका नेपाली कामदारहरुलाई चार्टर्ड विमानको चर्को भाडाबाट बचाउन   नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोशिएशनले सरकारसँग माग गरेको छ । एशोशिएशनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।

विगत एक वर्षदेखि नेपालमा नियमित उडानहरु कम भएको, केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तर्राष्टिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेको उक्त  विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साथै हाल विमानको भाडादर अपत्यारिलो गरी वृद्धि भएको पनि जनाइएको छ । 

२० देखि २२ हजारमा पाइने जहाज टिकटलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुले ९० हजार रुपैयाँसम्म हाल्नुपर्ने बाध्यता सिर्जना गरी समस्यामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफनो आर्थिक स्वार्थ पूरा गर्ने मााध्यम बनाएको भन्दै यस्तो अवस्थामा नेपाल सरकारले नियमित उडानलाई स्थगित गरेर चार्टर्ड उडानहरुलाई अनुमति दिँदा टिकटको मूल्य थप आकाशिने बताइएको छ । यसमा विमान कम्पनी तथा चार्टर्डकर्ताहरुमा मनोमानी अझ बढ्ने सम्भावना रहेकाले त्यसतर्फ सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

विदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परी यात्रा गर्नुपर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने भन्दै एशोशिएशनले  सम्बन्धित देशहरुलेसमेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्ध नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धी आवश्यक प्रक्रिया अपनाएर नियमित उडानलाई नै निरन्तरताका लागि पहल हुनुपर्ने माग गरेकोे छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया