आकासियो खाने तेलको मुल्य प्रतिलिटर ३ सय रुपैयाँ पर्ने तेलको मूल्य ४ सय रुपैयाँ !

२ बर्ष अगाडि

हुम्लामा खाने तेलको मूल्य अकासिएको छ। निषेधाज्ञा सुरु भएसँगै व्यापारीले आफूखुसी तेलको मूल्य बढाएका हुन्।

प्रतिलिटर ३ सय रुपैयाँ पर्ने  धारा तोरीको तेलको मूल्य व्यापारीले आफूखुसी बढाएर प्रतिलिटर ४ सय रुपैयाँ पुर्याएको स्थानीयले गुनासो गरेका छन् । 

यस्तै प्रतिलिटर २४० रुपैयाँ पर्ने स्वस्तिक तेलको मूल्य पनि बढाएर २८० पुर्‍याइएको स्थानीयताले बताएका छन् ।  

यस्तै केहिदिन अघि देखी बन्द रहेको  हुम्लाको  हवाई उडान पुनःशुरु भएको छ । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । 

केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकार पक्षको बैठकले हरेक दिन बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो ।  

कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । 

प्रतिक्रिया