अनियन्त्रित रहेको चिनियाँ रकेट पृथ्वीमा खस्ने खतरा, कहाँ खस्ला ?

२ बर्ष अगाडि

एउटा  चिनियाँ रकेट पृथ्वीमा खस्न लागेको वैज्ञानिक हरुले बताएका छन् । तर वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन  भने नभएको बीबीसीले जनाएको छ।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ।

सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो।

अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ। 

जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ।

पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ।

सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए।

अहिलेको रकेट भने मे १० को वरपर खस्ने अनुमान गरिएको छ। यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्।

२ बर्ष अगाडि

प्रतिक्रिया