मापसे गरी कार्यालय आउँछन् मालपोतका कर्मचारी

५ बर्ष अगाडि

मालपोत कार्यालय तनहुँका कर्मचारी मापसे गरेर कार्यालय आउने गरेका छन् । कार्यालयका नासु विनोदकुमार अधिकारीले मंगलबार मापसे गरी कार्यालयमा आएर काम गरेका छन् । उनी पटक–पटक मापसे गरी कार्यालय आउने गरेका छन् । कार्यालयका प्रमुख जितेन्द्रजंग केसीले नासु अधिकारीले मंगलबार मापसे गरेर आएको थाहा पाएपछि कार्यालयबाट निकालिदिएको बताए । ‘मापसे गरेर आएपछि सधैँ स्पष्टीकरण सोध्ने गरेका छौँ, खाएर नआउनुस् भन्छौँ, हुन्छ पनि भन्नुहुन्छ’ केसीले भने, ‘तर जति भने पनि अटेर गर्नुहुन्छ ।’ मापसे गरेर कार्यालय आएका अधिकारी प्रमुख केसीको निर्देशनमा केही समय कार्यालयमा बसेर फर्केका थिए । मालपोत कार्यालयको संवेदनशील फाँटमा रहने कर्मचारीले मापसे गरेर आउँदा सर्वसाधारणमा कर्मचारीप्रतिको विश्वास घट्दै जाने स्वयं कर्मचारी बताउँछन् । कर्मचारी मापसे गरेर कार्यालय आउँदा समस्या हुने गरेको सेवाग्राही टीकानिधि पौडेलले बताए । ‘कर्मचारीले मापसे गरी आउँदा सेवाग्राहीसँग विवादसमेत हुने गरेको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले रास्ट्र सेवक कर्मचारीले मापसे गरेर कार्यालयमा आउन नपाउने बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया