गोलि प्रहारबाट गम्भिर घाइते बनेका फिदा हुसेनको उपचारको क्रममा मृत्यु

५ बर्ष अगाडि

 

अज्ञात समुहको गोलि प्रहारबाट गम्भिर बनेका सुनसरीको दुहबी ९ स्थित जय बाबा इटा उघोगमा म्यानेजर पदमा कार्यरत ५४ बर्षिय फिदा हुसेनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ । उनलार्इ मर्निङ वाक गर्ने क्रममा बुधबार बिहान ६ बजे मोटरसाइकलमा आएका २ जना अज्ञात ब्याक्तिले गोलि प्रहार गरेका थिए । गोलि लागेर गम्भिर हुसेनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 

हुसेनमाथी गोलि किन र कस्ले चलाएको हो सो बिषयमा  अनुशन्धान भइरहेको प्रहरी भनाइ रहेको छ । घटनास्थल दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया