नेपाली  ह्याकर सुजनले छ महिनामै बाउन्टी बाट कमाए  ३५ लाख !

शुक्रबार, २४ बैशाख २०७८, १४ : ४९

काठमाडौं, नेपाली इथिकल ह्याकर सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बाउन्टी रिवार्ड हात पारेका छन् । 

प्रेरणादायी संघर्ष गरेर ह्याकिङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बाउन्टी प्रोग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हात पारिसकेका छन् ।

थापा मगरले दुई वर्षअघि देखि मात्र बगबाउन्टी कार्यक्रममा सहभागीता जनाउन थालेका हुन् । यस पटकको रिवार्ड भने एउटा पेमेन्ट कम्पनीमा सुरक्षा कमजोरी  फेला पारे वापतको हो ।

जसमा अनधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी कारोबार सम्बन्धी सूचनामा पहुँच बनाउनसक्ने कमजोरी रहेको थियो । जुन अमेरिकी फिनटेक आईटी कम्पनी स्क्वायरले तयार पारेको भुक्तानी सम्बन्धी एप हो ।
 

शुक्रबार, २४ बैशाख २०७८, १४ : ४९

प्रतिक्रिया