कोरोना विरुद्ध लड्न विराट र अनुष्काले गरे २ करोड सहयोग

२ बर्ष अगाडि

एजेन्सी - भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्माले २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । उनीहरूले कोरोना भाइरसको महामारीविरुद्ध लड्न उक्त सहयोगको घोषणा गरेका हुन् ।

साथै कोरोनाविरुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् ।

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर भयावह अवस्थामा पुगेको छ । प्रतेक दिन त्या नयाँ संक्रमित सङ्ख्याले रेकर्ड राखिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १९४ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा चार लाख एक हजार ३२६ जनामा कोरोना संक्रमण देखिएको छ । गत तीन दिनयता दैनिक चार लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया