अब कुवेतमा कामदारले शर्तसहित रोजगारदाता परिवर्तन गर्न पाउने

शनिबार, २५ बैशाख २०७८, ०८ : २५

काठमाडौं - अब वैदेशिक रोजगारका लागि कुवेत गएका आप्रवासी कामदारले एक वर्षपछि शर्तसहित रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्  । 

कुवेतको पब्लिक अथोरिटी अफ म्यानपावरले आप्रवासी कामदारले एक वर्षपछि रोजगारदाता परिवर्तन गर्दा पूर्व रोजगारदाताको अनुमति अनिवार्य गर्ने शर्त राखिएको बताएको छ । 

कोरोना संक्रमणका कारण कुवेतमा विदेशी कामदारहरुको अभाव रहेको छ । कुवेतले संगठित क्षेत्रमा लागू गरिएको भिसा नं १८ अन्तर्गत प्रवेश गरेका विदेशी कामदारका हकमा सो व्यवस्था लागू हुने बताइएको छ । 

शनिबार, २५ बैशाख २०७८, ०८ : २५

प्रतिक्रिया