मलेसियामा विदेशी कामदारमाथि प्रहरीबाट हुने दुर्ब्यबहार रोक्ने प्रतिवद्धता

२ बर्ष अगाडि

काठमाडौं - मलेसियाले विदेशी कामदारमाथि स्थानीय प्रहरीबाट हुने दुर्ब्यबहार रोक्ने भएको छ ।  

ठूलो संख्यामा आप्रवासी कामदार रहेको मलेसियामा उनीहरुलाई धरपकड गर्दा वैधानिकरुपमा काम गरिरहेका कामदारहरुमाथि समेत पटक–पटक ज्याजती हुने गरेका समाचार सार्वजनिक भएपछि रोक्ने प्रतिवद्धता जनाएका हुन् । 
 
मलेसिया प्रहरीका महानिरीक्षक एक्रिल सानी अब्दुल्लाह सानीले मलेसियामा केही प्रहरी अधिकारीहरुले पदको दुरुपयोग गरी आप्रवासी मजदुरहरुलाई धरपकड गर्ने गरेको भन्दै त्यसलाई रोक्न छिट्टै नयाँ अध्यादेश जारी गर्न लागिएको बताए । 
 
विदेशी श्रमिक लगायत नागरिकहरुमाथि प्रहरीद्वारा हुने अमानवीय व्यवहार रोक्ने अध्यादेशको मुख्य उद्देश्य रहने भन्दै उनले विदेशी नागरिकलाई कुनै उचित वा वैध कारण बिना जहाँ पायो त्यहीँ निरीक्षण, चेकजाँच गर्न नपाइने बताए । 

हाल मलेसियाको प्रहरीले विभिन्न वहानामा विदेशी कामदारहरुलाई नियन्त्रणमा लिएर साथमा भएको रकम जफत गर्ने र बिना कारण दुःख दिने गरेको गुनासो राष्ट्रिय स्तरमा देखिएको छ ।

उनले अध्यागमन विभागले राहदानी वा अन्य कागजातको बास्तविक बुझ्न वा शंका लागेमा दुई हप्तासम्म नियन्त्रणमा राख्ने अधिकारका बारेमा पनि पुनर्विचार गरिने बताए ।v

२ बर्ष अगाडि

प्रतिक्रिया