विराट कोहलीको कप्तानीमा विश्व टेस्ट क्रिकेट फाइनलका टिम घोषणा

२ बर्ष अगाडि

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले  विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेललागि भारतीय टिमको घोषणा गरेको छ ।बीसीसीआईले  विश्व टेस्ट र इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागी  शुक्रबार २० सदस्सीय टिमको घोषणा गरेको हो ।

 विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको छ । घोषणा गरेको टिममा हार्दिक पाण्डय र कुलदिप यादव परेका छैनन् ।

भारतले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।

त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया