महामारीमा औषधी पसलको ठग धन्दा, ९० रुपैयाँ पर्ने एन्टिबायोटिक १५ हजारमा बिक्री

२ बर्ष अगाडि

काठमाडौं - दोस्रो चरणको कोरोना संक्रमण तीब्र रूपले फैलिन थालेपछि बिरामीको संख्या पनि बढ्न थालेको छ । 

यो सँगै औषधी पसलेहरूले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेम्डिसिभिर औषधी भन्दै १५ हजार सम्म लिएर बिक्री गर्ने गरेको खुलेको छ । 

दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव भएको मौका छोपेर विराटनगर ४ कञ्चनबारी स्थित नोबेल अस्पताल बाहिर साथी फार्मेसी सञ्चालन गर्ने पसलेहरूले ९० रुपैयाँ पर्ने ‘स्टासेफ, नामको एन्टिवायोटिक इन्जेक्सनमा रेम्डिसिभिरको नक्कली लेबल लगाएर सिकिस्त बिरामीहरूका लागि ८ देखि १५ हजारसम्म मूल्य लिएर बिक्रि गर्दै आएको खुलेको हो । 

भारतमा उत्पादन भएको सक्कली रेम्डिसिभिर  इन्जेक्सन भन्दै कालोबजारीमा महङ्गोमा नक्कली औषधी बिक्री गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि मोरङ प्रहरीले विराटनगर ४ नोबेल अस्पताल आगाडि साथी फार्मेसी सञ्चालन गर्दै आएका विराटनगर १० का २६ वर्षीय सञ्चालक सोनु आलम र उनका सहयोगी श्रवण यादवलाई पक्राउ गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया