महामारीमा कालोबजारीको विगविगि, १ हजार पर्ने अक्सीमिटर ४ हजारमा बिक्री गर्ने एकजना पक्राउ

२ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर कालोबजारी गर्नेको संख्या बढ्न थालेको छ । 

यस्तै मेडिकल उपकरण (अक्सिमिट)को कालोबजारी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीया रामहरि तिवारी छन् । 

उनले खुद्रा मूल्य १ हजार ९०० को हाराहारीमा पर्ने अक्सीमिटरलाई ३ हजार ५०० देखि ४ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तिवारीले आफ्नो पसलबाटै बढी मूल्य लिएर अक्सीमिटर बिक्री गर्ने गरेका थिए । स्थानीय उपभोक्ताले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले तिवारीको पसलबाट १२ थान अक्सीमिटर समेत बरामद गरेको छ  । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया