बितेको २४ घण्टामा ५३ जनाको मृत्यु, कुल मृतकको संख्या कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५३ जनाको मृत्यु भएको छ। 

बितेको २४ घण्टाभित्र  विभिन्न जिल्लाका ५३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ। 

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणबाट दैनिक करिब ५० जनाको मृत्यु हुँदै आएको छ। 

२ बर्ष अगाडि

प्रतिक्रिया