नागरिक एपमा ८० वटा नयाँ सेवा थपिंदै

३ बर्ष अगाडि

नागरिक एपमा ८० वटा नयाँ सेवा थपीने भएको छ । एपमा ६ महिनाभित्र ८० वटा नयाँ सेवा थप गर्ने  तयारी भएको प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका बताएका छन् ।

अलिका अनुसार ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको हो । शनिबार भएको दोस्रो चरणको डिजिटल संवाद कार्यक्रममा बोल्दै अलीले विभिन्न तीन चरणमा नागरिक एपमा सेवा सुविधाहरु थप गर्दै जाने बताएका हुन् । 

केही समयमा नै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको जानकारी दिँदै उनले खानेपानीदेखि चौमासिक, अर्थ वार्षिक, वार्षिक कर तिर्ने र अन्य सरकारी सेवाहरु लिने सबै सुविधा यसै एप मार्फत उपलब्ध गराउन लागेको पनि बताए । 

त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालय पनि यस एपमा चाडै नै जोडिन लागेको उनले जानकारी गराए । 

तीन महिनामा नेपालमा पहिलोपटक बिना कुनै कागजात १० हजार जनाले प्यान नम्बर लिएर यसको सफल उदाहरण पेस भएको भन्दै अहिले नागरिक एपबाट बैंक खाता खोल्ने व्यवस्था पनि गरिएको जानकारी दिए । 

नागरीक एपमा अहिले सम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेको र २ लाख बढिको भेरिफाइ भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया