अब गुगल फोटोजको अनलिमिटेड स्टोरेज बन्द हुदैँ, १५ जीबीभन्दा बढीका लागि १.९९ डलर

आइतबार, २६ बैशाख २०७८, १८ : १२

काठमाडौं, गुगल फोटोजबाट अनलिमिटेड स्टोरेजको सुविधा हट्दै छ । आउँदो जून महिनादेखि गुगलबाट सुविधा हट्दै छ । 

जून १ देखि हाई क्वालिटी तथा एक्सप्रेस क्वालिटीका सम्पूर्ण नयाँ फोटो तथा भिडियो ब्याकअपलाई गुगल अकाउन्टमै आउने फ्री १५ जीबी स्टोरेजमा गणना हुने गुगलले उल्लेख गरेको छ ।

यसपछि गुगल फोटोजमा निरन्तर फोटो र भिडियो ब्याकअप राख्न पैसा तिर्नुपर्छ । १५ जीबीभन्दा बढी फाइल ब्याकअपका लागि एक महिनाका लागि १.९९ डलर र एक वर्षका लागि १९.९९ डलर तिर्नुपर्ने हुन्छ । यो शुल्कमा  १०० जीबीसम्म फाइल स्टोर गर्न सकिने छ ।

आइतबार, २६ बैशाख २०७८, १८ : १२

प्रतिक्रिया