टुंगियो दिवेश पोखरेलको 'अमेरिकन आइडल' बन्ने सपना

मंगलबार, २८ बैशाख २०७८, ११ : १५

लगातार दोश्रो पटक अमेरिकन आइडलमा पुगेका नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनको यात्रा टप ७ बाटै टुंगिएको छ । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् । 

‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए । आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले भने उनलाई टप ५ मा पुर्याउन भने सकेन ।

अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।
नेपालमा दुई एल्बम र केही गीत गाएपछि अमेरिका पुगेका दिवेश गत सालको अमेरिकन आइडलको उपविजेता बनेका थिए । 
 

मंगलबार, २८ बैशाख २०७८, ११ : १५

प्रतिक्रिया