नेपालमा भएका  अन्तर्राष्ट्रिय हवाई दुर्घटना यस्ता छन्

६ बर्ष अगाडि

कालिंगा एयर : २५ फागुन ०११ मा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको थियो । कालिंगा एयरलाइन्सको डिसी–३ विमान बाराको सिमरामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये एकजनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : २ जेठ ०१३ मा इन्डियन एयरलाइन्सको डिसी–३ विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेकामध्ये १९ जनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : इन्डियन एयरलाइन्सको डिसी–३ दुर्घटना भएको दुई वर्षपछि नेपालमा फेरि अर्को विमान दुर्घटनामा पर्योन । ११ चैत ०१४ मा इन्डियन एयरलाइन्सकै डिसी–३ मोडलको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गयो । पट्नेभञ्ज्याङमा भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।

थाई एयरलाइन्स : १६ साउन २०४९ मा नुवाकोटको घ्याङ्गफेदीमा थाई एयरलाइन्सको एयरबस–३१० दुर्घटना हुँदा एक सय १३ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

पाकिस्तान एयरलाइन्स : नेपालमा थाई एयरलाइन्सको जहाज दुर्घटनामा परेकै वर्ष अर्को ठूलो दुर्घटना भएको थियो । १२ असोज ०४९ मा पाकिस्तान एयरलाइन्सको एयरबस–३१० विमान दुर्घटना हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भट्टेडाँडामा भएको उक्त दुर्घटना नेपालमा हालसम्म भएकामध्ये सबैभन्दा ठूलो हवाई दुर्घटना हो ।

लुप्थान्सा एयरलाइन्स : काठमाडौंकै भस्मेसुर डाँडामा भएको लुप्थान्सा एयरलाइन्सको बी–७२७ (२००) विमान दुर्घटनामा हुँदा पाँचजनाको ज्यान गएको थियो । २३ असार ०५६ मा भएको दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

टर्किस एयरलाइन्स : नेपालमा २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भने भएको थिएन | नयाँ पत्रिकामा खबर छ |
 

६ बर्ष अगाडि

प्रतिक्रिया