बंगलादेशसँगको एकदिवसीय सिरिजका लागी श्रीलंकाको टिम घोषणा

बुधबार, २९ बैशाख २०७८, १४ : ३९

बंगलादेशसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि श्रीलंकाले राष्ट्रिय टिमको घोषणा गरेको छ । 

कुशल परेराको कप्तानीमा श्रीलंकाले १८ सदस्यीय  टिम घोषणा गरेको हो । 

ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

 सिरिजको पहिलो खेल मे २३ मा हुनेछ । दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ ।

बुधबार, २९ बैशाख २०७८, १४ : ३९

प्रतिक्रिया