वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६६ प्रतिशतले घट्यो

बुधबार, २९ बैशाख २०७८, १६ : ३३

काठमाडौं, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वातै घटेको छ । 

चालु आवको चैत महिनामा वैदेशिक रोजगारीका लागि  श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १५ प्रतिशतले बढेको थियो । 

बुधबार, २९ बैशाख २०७८, १६ : ३३

प्रतिक्रिया