नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टेड अफर ल्याएको छ । टेलिकमले बैशाख ३१ गते देखि लागु हुने गरी १ महिनाका लागी लकडाउन स्टे कनेक्टेड अफर ल्याएको हो ।
कोरोनाका कारण निषेधाज्ञा र लकडाउनको अवस्था रहेकाले सेवाग्राहीको थप सुविधाका लागि उक्त सुविधा ल्याएको टेलिकमले जनाएको छ । टेलिकमले लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।
अफर अन्तरगर्त ३९ रुपैयाँमा अनलिमिटेड डे डाटा प्याक उपलब्ध हुने र उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । उक्त डाटाको समयाअबधी २४ घण्टाको हुनेछ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।
यस्तै मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने छ ।
यी अफरहरु फोरजी नेटवर्कमा पनि प्रयोग गर्न सकिने छ ।
प्रतिक्रिया