ईकमर्सको ग्यापुको मोबाइल एपको डाउनलोड एक लाख माथि

विहीबार, ३० बैशाख २०७८, १७ : ०७

काठमाडौं, गुगल प्ले स्टोरमा नेपाली ईकमर्स कम्पनी ग्यापुको मोबाइल एपको डाउनलोडले एक लाख नाघेको छ ।

कोभिड महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै ग्यापु मार्केटप्लेसले तरकारी, फलफूल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको नि शुल्क होम डेलिभरी सुरु गरेको थियो ।

‘नेपालभर दैनिक सात सयभन्दा बढी निस्शुल्क डेलिभरी गर्दै आएको ग्यापु चमत्कारिक रुपमा एक वर्षको अवधिमा अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्स प्लेटफर्म बन्न सफल भएको छ,’ कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ ।

विहीबार, ३० बैशाख २०७८, १७ : ०७

प्रतिक्रिया