भोलिदेखि नेपाली बजारमा सार्वजजिक हुदैं ‘रेड्मी नोट १० प्रो’, के कस्ता छन विशेषता ?

विहीबार, ३० बैशाख २०७८, १७ : २१

काठमाडौं । नेपाली बजारमा भाोलि (शुक्रबार) साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’   सार्वजनिक हुँदै छ ।

यो फोनमा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको फुलएचडी प्लस सुपर एमोलेड डिस्प्ले छ, जुन गोरिल्ला ग्लास फाइभले प्रोटेक्सन गरिएको छ । फोनको पछाडि स्प्ल्यास रेसिस्ट्यान्ट रहेको बताइएको छ ।

यस्तै,क्यामेराको कुरा गर्दा क्वाड क्यामेरा सेटअप भएको यस फोनमा सामसङको एचएम टु सेन्सरसहित १०८ मेगापिक्सलको प्राइमेरी लेन्स, ८ मेगापिक्सेलको सेकेण्डरी सेन्सर, अर्को ५ र २ मेगापिक्सेलका वाइड एंगल र म्याक्रो सेन्सर छ । त्यस्तै फोनको बीचमा पञ्च होलसहित १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

यो फोन अक्टाकोर क्वालकम स्नापड्रागन ७३२ जी प्रोसेसरबाट सञ्चालित छ । एन्ड्रोइड ११ मा आधारित फोनमा जीपीयू एड्रेनो ६१८ रहेको छ ।

यो फोनमा ६ जीबीर६४ जीबी, ६ जीबीर१२८ जीबी र ८र१२८ जीबी स्टोरेज भेरियन्ट छ । जसमा माइक्रो एसडीका लागि डेडिकेटेड स्लट पनि छ ।

यो फोनमा ५०५० एमएएचको शक्तिशाली ननरिमुभेल ब्याट्री छ । जसमा आधा घण्टामा ६० प्रतिशत चार्ज गर्ने ३३ वाटको फास्ट चार्जर छ ।

विहीबार, ३० बैशाख २०७८, १७ : २१

प्रतिक्रिया