रियलमीको बहुप्रतिक्षित मोबाइल फोन “रियलमी सी ११ २०२१“ नेपालमा सार्वजनिक गरिएको छ । रियलमी सी ११ २०२१ आज सार्वजनिक गरिएको हो ।
“रियलमी सी ११ २०२१“ अन्य रियलमी सी सिरिजका इन्ट्रीलेभलको फोन जस्तै बलियो छ, यसका अलावा यो टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ ।
५००० एमएएच ब्याट्री
“रियलमी सी ११ २०२१“ विशाल ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समय सम्मका लागि टिकाउ रहन्छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ ।
यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।
यसका साथै यसमा छन सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु जस्तै एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रीन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरि फोनको स्थिरता बढाउँछ,
स्लीप स्ट्यान्डबाइ अप्टिमाइजरले फोनलाई निम्न मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले एक उत्तम स्मार्टफोन ब्याट्रीको अनुभूति यसमा गर्न पाउनेछन् ।
६.५ इन्च डिस्प्ले र ओक्टा कोर प्रदर्शन
“रियलमी सी ११ २०२१“ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भच्र्युल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।
फ्रेम बाहिर विशाल डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसंग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबी सम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज रहेको छ । उच्च श्रेणीको ४ एक्स र्यामको प्रयोग तपाईँका लागि लाभदायी छ किनभने यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ ।
एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिन्छ । “रियलमी सी ११ २०२१“ मा एलइडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामेरा र अति सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ एमपी सेल्फी क्यामेरा रहेको छ । वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य त्रिपल कार्डस्लट जस्ता तपाइलाई चाहिने सबै आधारभूत विशेषता यसमा छन् ।
यी सबैका साथ रियमलीले उच्च क्वालिटी कायम गर्नुका साथै विश्वसनीय, टिकाउ, गुणस्तरीय रहेको छ । कम्पनीका अनुसार ’ताल नीलो’र ’फलामे–खैरो’ दुई रङ्गमा उपलब्ध “रियलमी सी ११ २०२१“ को मूल्य १२ हजार ९९० छ ।
प्रतिक्रिया